थप १ हजार २७१ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप १ हजार  २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ११ हजार ९४४ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा १ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ८४५ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २८  हजार ६७८ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप १४ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल १० हजार ९०३  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ४ : ४० बजे