‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सांसद श्रेष्ठ र नेता खनाललाई कोरोना सङ्क्रमण

तनहुँ ।  तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ ( ‌किसान ) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

    कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गर्नुभएको छ । 

यसगरी नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा पिन कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । सङ्क्रमण भएपछि उहाँलाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि उहाँलाई सङ्क्रमण भएपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । सङ्क्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्रमण हुन थालेको छ । सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : १३ बजे