‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

धनुषा – २५ वर्षीया छिमेकी महिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा शहिदनगर नगरपालिका-६ हठिपुर बस्ने २० वर्षीय कृष्ण पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बाख्राको विषयलाई लिएर कृष्ण र उनकै बुबा ३५ वर्षीय श्याम पासवानले ती महिलालाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले कुटपिट गर्नेमध्ये कृष्णलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको छ ।

हाल फरार श्याम पासवानको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  २ : ३८ बजे