‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

खैरो हेरोइन सहित २ जना पक्राउ

काठमाडौं – काठमाडौ महानगरपालिका-१६ स्थित होटलबाट २२ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र १ थान डिजिटिल तराजु सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया, बारबर्दिया नगरपालिका-९ ठेगाना भएका ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका-७ ठेगाना भएका २५ वर्षीय रमेश थारु रहेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट १७ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित धादिङ सिद्धलेक गाउँपालिका-२ ठेगाना भएका २६ वर्षीय ईश्‍वर ईटनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । साथै उक्त लागूऔषध कारोबारमा संलग्न झापा बिर्तामोड नगरपालिका-९ ठेगाना भएका ३३ वर्षीय रन्जित राजवंशीलाई समेत झापाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  २ : ०४ बजे