‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चट्याङ लागेर बागलुङमा एक बालकको मृत्यु 

बागलुङ । बागलुङमाचट्याङ लागेर एक बालको मृत्यु भएको छ । 

बागलुङको बडिगाड गाउँपालिका वडा नं.८ नेटाखर्कमा चट्याङ लागेर १२ वर्षिय खिम बहादुर वि.क.को मृत्यु भएको हो । 

मंगलवार साँझ परेको चट्याङ लागि अम्मर बहादुर वि.क.का कक्षा ३ मा पढ्ने छोरा खिम बहादुरको ज्यान गएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले  बताउनुभयो । 

विद्यालयबाट फर्किएर घरमै मोवाइल हेरिरहेका विक नजिकै चट्याङ परेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : २८ बजे