पशुपतिमा तीजका बर्तालुको भीड (फोटोफिचर) 

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजको व्रत बसेका बर्तालुहरूको कारण बिहानैदेखि पशुपति लगायत देशभरका शिवालयमा भीड भाड बडेको छ । 

पशुपतिनाथ मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा बिहानैदेखि महिला जम्मा भइरहेका छन् । 

पशुपती क्षेत्र विकास कोषले  कोरोना महामारीको कारण देखाउँदै पशुपतिनाथको मूल मन्दिरमा  पूजाआजा गर्न रोक लगाएको छ । पशुपतिनाथ मन्दिरमा प्रवेशमा रोक लगाएसँगै बर्तालुहरूले पशुपतिनाथको गेटमै पुजा गरिरहेका छन् । 

मन्दिर खुलेका बेलामा जतिबर्तालुपशुपति क्षेत्रमा नआएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । पशुपति क्षेत्र आउने महिलालाई भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्व मनाउन दिइने कोषले जनाएको छ । पशुपतिनाथको मूल मन्दिर नखुले पनि पशुपति क्षेत्रमा रहेका अन्य शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजन जम्मा भएका हुन् ।​​​​​​​

 

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १२ : ३७ बजे