विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विश्वमा आजः उत्तर कोरियाको स्थापनादेखि ताजिकिस्तानको स्वतन्त्रता

काठमाडौँ – आज सेप्टेम्बर ९ । विश्वमा आज विभिन्नसामाजिक र तथा राजनीतिक घटना भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

वेलायतकी महारानीको रेकर्ड
सन् २०१५ मा वेलायती महारानी एलिजावेथ द्धितीय बेलायती राजतन्त्रको इतिहासमा सर्वाधिक बढी गद्दीमा बस्ने व्यक्ति बनेकी थिइन् । सोही वर्षको सेप्टेबर ९ मा उनले महारानी भिक्टोरियाको रेकर्ड तोडेकी थिइन् । सन् १८३७ को २० जुनमा राजगद्दी आरोहण गरेकी भिक्टोरियाले ६३ वर्ष सात महिना दुई दिनपछि राजीनामा दिएकी थिइन् । 

पानामाका पूर्व शासक अमेरिकी जेलबाट रिहा
पानामाका पूर्व सैनिक शासक म्यानुअल नोरोगा १७ वर्षको अमेरिकी काराबासपछि सन् २००७ मा थुनामुक्त भएका थिए । लागूऔषध तस्करी, सम्पत्तीको हिनामिना र ठगी धन्दाको अभियोगमा उनी जेल परेका थिए । 

ताजिकिस्तानको स्वतन्त्रता
सन् १९९१ मा मध्य एशियाली मुलुक ताजिकिस्तान सोभियत युनियनबाट स्वतन्त्र भएको थियो । १९आंै शताब्दीमा भएको युद्धपछि सोभियत युनियनले ताजिकिस्तानलाई आफ्नो अधिनमा राखेको थियो । सन् १९२९ मा ताजक सोभियत सोसलिस्ट रिपब्लिक गठन गरिएको थियो । सोभियत युनियनको बिघटनपछि सन् १९९१ को सेप्टेम्बर ९ मा स्वतन्त्र भएको थियो । 

उत्तर कोरियाको स्थापना
सन् १९४८ मा किम इल सुङले उत्तर कोरिया स्थापना गरेका थिए । द्धितीय विश्वयुद्धपछि कोरियाली प्रायद्धीप बिभाजित भएको थियो । प्रायद्धीपको उत्तरी भाग सोभियत र दक्षिणी भागलाई अमेरिकाले नियन्त्रण गरेको थियो । शीतयुद्धले एकिकरणलाइ अशर गरेको थियो ।  सन् १९४८ को ९ सेप्टेम्बरमा किम इल सुङले प्रजातान्त्रिक जनगणतन्त्र कोरिया स्थापना गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ७ : १६ बजे