काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १३ हजार ४५५ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा थप २ हजार १६१ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २९ हजार ४७९ रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार ८८९ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।
प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ५ : ०६ बजे
प्रतिक्रिया