साफ यू–१७ च्याम्पियनसिप आजदेखि

 बामदेव महात्म्य

किस्ता किस्तामा बिकेको जखमले बोको 
आज भने सदाका लागि बिक्यो 
        १
बोकाले बल्खु खायो, मल्खु खायो 
छोरालाई सहिदको कोटामा विदेश पठायो 
प्रधानमन्त्री नपाउँदा धेरै छटपटायो, 
उधुम मच्चायो ,मुर्छा प¥यो 
आफूलाई सिद्धार्थ गौतमको खनाति भन्थ्यो 
आफ्नै पुर्खा खलास पार्ने खलाँती भयो  

        २
बोको  अत्यन्त लोभी थियो 
आफूलाई ढक तराजुहरुमा जोखिरहन्थ्यो  
चोरी चोरी खान्थ्यो, खोरमा आतङ्क मच्चाउँथ्यो 
बारबार  आफ्नो भाउ  आफैँ लगाउँथ्यो 
मन्त्री हुँदा लाप्सालाप्सा सुन खान्थ्यो,
पार्टीमा हुनसम्मको घुनपुत्ली लगाउँथ्यो  ,
आफैँलाई बेच्न कहिले खुमबहादुरसित बैना लिन्थ्यो 
अहिले त्यही घोर्ले खसी महँगो मोलमा बिक्यो    
  
यस लेखकले अलि पहिले एउटा नेता भर्खर माक्र्सवादको मलामी गयो भन्ने कविता लेखेको थियो । यसपछि लेखिएको  उपयुक्त कवितांशले नेकपा एमालेमा आन्तरिक र बाह्य शक्तिमार्फत् चरम विखण्डन र विग्रह ल्याउन खोजे पनि आम कार्यकर्ता र नेताको सचेतताले सम्भव हुन सकेको छैन । पार्टीभित्रैका एकाध  विभीषण खोजेर महँगै मोलमा केही नेता र सभासद्हरु खरिद गरेको स्पष्ट खुलासा भएकै छ । उक्त कविता व्यङ्ग्य भए पनि त्यसले नेपाल र गौतम प्रवृत्तिलाई उल्लेख गरेको पाठकहरुलाई जानकारी भएकै छ । तसर्थ यही कविता सिरानी हालेर बामदेव महात्म्य लेखोटका लागि लेखक तयार भएको हो ।, 

पार्टीको अगुवा र नेता आँगर्दा अलङ्कार बुझ्ने हु्नुपर्छ । नेता र कार्यकर्तालाई सूक्ष्म रुपमा  परख गर्ने क्षमताबिना कुनै पनि नेता प्रमुख हुनसक्तैन र भए पनि टिक्न सक्तैन । पुर्खाहरुले बेसार भनेर थाहा पाए पछि कोट्याइरहनु पर्दैन त्यसै भनेका होइनन् । 

जननेता मदन भण्डारीमा माधव नेपाल बाहेकका सबै नेताको पहिचान र प्रतिभा परख गर्ने क्षमता रहेको देखिन्छ । किनभने भण्डारीले बामदेव गौतमलाई कुनै पनि हालतमा पार्टीको प्रमुख स्थान र मान दिनु हुँदैन र दिइयो भने  पार्टी धुलो हुन्छ भन्नु भएको थियो । नौमहिने शासन कालमा उपमहासचिव पद सिर्जना गरेर गौतमलाई आसीन गराएपछि उनमा तीव्रतम रुपमा महत्वाकांक्षा जाग्दै जाँदा पार्टीमा गम्भीर समस्या उत्पन्न भएको हो । तर ०४६ सालको पूर्व सन्ध्यामा भारतीय सशस्त्र सैन्यशक्ति नेपालमा जवर्जस्ती  प्रवेश गराएर गणतन्त्र ल्याउन हत्ते हालेपछि पनि  माधव नेपालप्रति बेलैमा सतर्क नहुनु वहाँको ठूलो गल्ती हो भन्ने यस लेखकलाई लाग्छ  । कसैलाई पनि अतिविश्वास अविश्वास गर्नु दुवै घातक हुन्छ । विकृतिले जतिबेला टाउको उठाउँछ त्यति नै बेला तह लगाइहाल्नु पर्छ तर यस्ता कुरामा पटक्क ध्यान नदिँदा अहिले विस्फोटक अवस्था आएको हो । अझै पनि केन्द्रीय तह र त्यस भन्दा माथिका नेताहरुलाई मसिनो गरी हेर्नु र केलाउनु पर्छ । मदनले भनेझै अवसर पाएर पनि इमान्दार हुने नेता कति छन् एमालेमा । यस लेखकका दृष्टिमा त्यस्ता नेता कम्ती नै छन् । कतिपय एमाले केन्द्रीय नेताहरु शुद्धीकरण अभियान बिना किमार्थ श्ुद्ध हुने छैनन् । विराटनगरमा महानगर स्तरीय अगुवा कार्यकर्ता भेलामा पूर्व मन्त्री तथा नेता लालबाबु पण्डितले समसामयिक महत्वपूर्ण विषय उजागर गरेको पाइयो ।  बोल्नका लागि बोलेर केही हुन्न । एमालेमा विषयको सार पक्रेर आकर्षक रुपले सिँगारेर बोल्न सघन  प्रशिक्षण नै दिनु पर्ने अवस्था छ । चामल पनि बेच्न नजान्ने एमाले पर्याप्त छन् ।  यो लेखक समग्र रुपमा एमाले नेता के कस्तो बोल्छन् भन्ने क्ुरा ख्याल गरिरहेको छ । दाहाल नेपालहरु पिठो बेचिरहेका छन् । यस्ता बेलामा तिनलाई हुरुक्कै हुने गरी ताछ्न सकिन्छ । 
   
आखिर सत्य लुक्तैन माधव नेपालको कम्युनिस्ट मखुण्डो उदाङ्गो भयो । यिनलाई घर बाहिर अनुहार नै  देखाउन नसक्ने बनाउनु पर्छ । त्यस्तै हुँदै पनि छ । किनकि झलनाथ खनाललाई इलाममा बासगाँसदिने कुनै कार्यकर्ताका छैनन् । नेपालको गृह जिल्ला उनका लागि निर्जन जस्तै छ । अहिले संघ र प्रदेशका केही सांसद्हरु अनेक प्रलोभनमा  पारेर आफू निकट ल्याए पनि नेपालको टेक्ने आधार समाप्त प्रायः देखिन्छ । छँदाखाँदाको घर जलाएर खरानी पार्नेका पछि सम्धी,सोल्टी लगायत तीन र तेह्रका आफन्त लागे पनि अलिअलि बुद्धि भएका तिनले अवश्य छाड्छन् । कम्युनिस्ट नामका कलङ्कको कुनै भविष्य छैन । यस्तै पात्र र चरित्रका अब्बल नाम हो बामदेव  गौतम ।

बामदेव गौतम चरम अस्थिर, दोधारे, दलबदल,चरम महत्वांक्षी, ढुलमुल भएका कारण उनी अहिले करीव एक्लो जस्तै भएका छन् । माधव नेपाल मार्फत् गठबन्धन सरकारमा महत्वपूर्ण मन्त्रालय पाउने भए पछि ओलीलाई तथानाम गाली पत्र लेखेर पार्टी परित्याग गरेका छन् । यत्ति गाली नगरी मन्त्रीपद पाउने अवस्था पनि थिएन होला । अर्कातिर माधव नेपाल पनि ओलीलाई नै गाली प्रतिवेदन पारित गरेर पार्टी निर्माणमा लागेको स्पष्ट हुन्छ । मदनले नै भनेझैँ मानिस तर्क सकिएपछि, हार्ने भए पछि र गल्ती गरेपछि खूव रिसाउँछ भनेझैँ माधव नेपाल र बामदेव गौतम  आफ्नै रिसले आफैँ  आगो भएको स्पष्ट हुन्छ । नत्र भए नभएका गल्ती देखाएर एउटा जिम्मेवार नेताले घरमा आगो लगाउँदैन र घरलाई खरानी बनाउँदैन ।

बामदेव गौतम लगायत केही नेताका चिन्तन र चरित्र पर्गेली रहेको यस लेखकले को कतिसम्म गिर्न सक्छ , बिक्न सक्छ र पार्टी विथोल्न सक्छ भन्ने उहिल्यै थाहा पाएको हो । अहिले पनि बाँकी कतिपय  एमाले नेता उप्रान्त सप्रिए भने कुरो बेग्लै हो तर तिनीहरुको    चिन्तन र चरित्रमा  सहजै विश्वास गर्न यो लेखक सक्तैन । ।  ओली वा अरु कुनै नेतालाई खुसी पार्ने तर अरु सबैसित भद्दा व्यवहार गर्ने मात्र होइन सामन्तवादी बेहोरा देखाउने  नेता धेरै छन् । तर अहिले भने बामदेव गौतम नै केन्द्रीय विषय भएका छन् । 

उहिल्यै सहिदको कोटामा पुत्र गौतमलाई चीनमा पढ्न  पठाएर विवादित बनेको बामदेव बारबार सत्ता, शक्ति, सम्पत्ति र चरम स्वार्थ लिप्साका कारण विवादमा परेका हु्न् । पार्टी विभाजनका बेला  फुुटबाट शक्ति प्राप्त हुन्छ भन्ने मान्यताका महान् विचारक गौतम कतिखेर कसले किनेर लान्छ भन्न नसकिने चरित्र हुन् । एकताका खुमबहादुरले गौतमलाई ढकतराजुमा तौलेनन् कि । गौतमले  यही मान्यताका आलोकमा पार्टीका अध्यक्षहरुका बीच फुट ल्याउने महान् उद्देश्यका स्थायी समिति बैठकमा पार्टी र सरकारका बीच गम्भीर दरार उत्पन्न गर्ने काममा दिलोज्यानले लागे ।

आफूले माग गरे अनुसार नपाउँदा  गौतमले ओलीलाई प्रधानमन्त्री बनाउन  हतार गरेर गल्ती गरेको पनि भने ।  तर ओली व्यक्तित्वको राप,ताप र प्रतापबाट पार्टीको व्यापक चुनावी  लहरका कारण बहुमत ल्याएको कुरा भने गौतमले बोल्न पूरै कप्ट्याइ गरे ।  निर्वाचन क्षेत्रबाट आफ्नै कारणले  सर्मनाक हार व्यहोरेपछि ओलीलाई व्यर्थमा आरोप लगाए  ।

माओले नै जनता र सिद्धान्तमा अटल विश्वास नहुने मान्छे नेता हुनसक्तैन भन्नु भएको छ । झ्वाँक र सनकका भरमा केही पनि काम हुन सक्तैन । दल बदलु र मन चन्चलु मान्छेको कुनै ठेगान हुनसक्तैन  । पहाड खन्ने र खोस्रने मन,वचन र कर्मनिष्ठ  निश्वार्थी चिनियाँ लोककथाको ज्येष्ठ नागरिक जस्ता मानिसले मात्र एक दिन पहाड पल्टाइदिनसक्छ र विजय हासिल हुन्छ  । बर्खाका बेला छिन छिनमा उठ्ने र फुट्ने पानीका फोक जस्ता गौतम पहिले पनि भरपर्दा नेता थिएनन् । 

दसैँमा राष्ट्रपतिको टीका बहिष्कार गर्ने तर  पूर्व राजा वीरेन्द्र शाहसित टीका थाप्ने गौतम महान् क्रान्तिकारी नै हुन् । राजाकै आशीर्वादबाट  यो एकबारको जुनी र जिन्दगीमा एकै पल्ट एक दिन भए पनि प्रधानमन्त्री हुन आतुर र व्यग्र गौतमको महिमा  अपरम्पार छ । यस्ता थाङ्ने चरित्र आफ्नै घरमा कति सम्मानित हुँदा हुन् हेर्न बाँकी छ तर जनताले यिनलाई धारे हात मात्र लगाउँछन् र सदा सरापिरहने छन् ।  

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : ४७ बजे