विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा पिसिआर परिक्षण गर्दा थप ५ हजार ७ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १ हजार २८७ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ८२ हजार ३८२ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

त्यस्तै आज थप १९ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : ०७ बजे