सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेप्सेको सुधार टिकेन, ४४ दशमलव १८ अंकको गिरावट

काठमाडौं – साताको तेस्रो दिन म‌ंगलबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बजार ४४ दशमलव १८ अंकले घटेर बन्द भएको हो । 

सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेकाअनुसार २२४ कम्पनीका १ करोड ५० लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज दुई समूहको सूचकबाहेक बाँकी समूह ओरालो लागेको छ । सबैभन्दा धेरै होटल एण्ड टुरिजम समूहको सेयर मूल्य ओरालो लागेको छ । समूहको सेयर मूल्य आज २.९९ प्रतिशतले घटेको छ ।

यस्तै, सबैभन्दा धेरै कमाउनेमा सानीमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । कम्पनी १० प्रतिशतले फाइदामा गएको छ ।

त्यस्तै, आज सबैभन्दा बढी घाटा व्यहोर्नेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : २४ बजे