काठमाडौंका सीडीओ फेरिए पराजुलीको ठाउँमा रिजाल

काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सिडीओ) मा गोबिन्द रिजालको सरुवा भएका छन् । गृह मन्त्रालयले काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा तानेको छ । उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो । सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका छन् । रिजाल सबैभन्दा लामो समय कैलालीमा र दाङमा सिडिओ भएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १ : ४३ बजे