‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विमानस्थलबाट ४ किलो चरेश सहित २ जना पक्राउ

काठमाडौं – काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट करिब ४ किलो ३५ ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा म्याग्दी मंगला गाउँपालिका-३ ठेगाना भएका ३६ वर्षीय श्याम प्रसाद रोका र सोही ठाउँ ठेगाना भएका ३५ वर्षीय वीर बहादुर रोका मगर रहेका छन् । कतार एअरको उडानद्वारा दोहा कतार जान लागेका उनीहरुलाई बिमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुटकेसभित्र उक्त चरेश फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध चरेस मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १ : ३६ बजे