सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आजको सुनचाँदीको मूल्य

काठमाडौं – साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज पनि स्थिर साेही मूल्यमा काराेबार भइरहेकाे छ ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार ९३० रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघले चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम गरेको छ । १० ग्राम चाँदीको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैसा तोकिएको छ । 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ११ : ४५ बजे