अध्यक्ष ओलीद्वारा कुशेऔंसीको शुभकामना

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कुशेऔंसी तथा पितृ पारायण दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक संजाल ट्वीटर मार्फत-  " नेपाली संस्कृतिको पवित्र पर्व कुशेऔंसी तथा पितृ पारायण दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका बुबाआमा एवम् ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यको कामना गर्दछु ।" भन्दै ट्वीट गर्नु भएको छ  ।

​​​​​​​

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : ५६ बजे