इतिहासमा आज : तासमानियन बाघ लोपदेखि बेलायतमाथि जर्मनको हमला

काठमाडौं – आज सेप्टम्बर ६ । विश्व इतिहासमा आज भएका चर्चित घटना हामीले समेटेका छौँ । 

सन् १९७८ मा जर्जी मार्कोभको हत्या
सन् १९६९ मा बुल्गेरिया छोडेर लन्डन पुगेका बुल्गेरियाली लेखक तथा विद्रोही जर्जी मार्कोभको सन् १९८७ मा हत्या भएको थियो । लन्डनको वाटरलु ब्रि पार गर्ने क्रममा मार्कोभ एक व्यक्तिको हमलामा परेका थिए । आक्रमणको चार दिनपछि उनको मृत्यु भएको थियो । उनी बिबिसीमा समेत आबद्ध थिए ।   

पानामा नहरमा हस्ताक्षर
सन् १९७७ मा अमेरिका र पानामाका सरकार प्रमुखबीच टोरिजोस कार्टर सन्धीमा हस्ताक्षर भएको थियो । सन्धीले आन्द्र महासागरलाई प्रशान्त महासागरदेखि पानामासम्म जोड्ने नहरमाथि नियन्त्रण गर्ने  अधिकार प्रदान गरेको थियो । अमेरिकाले बनाएको सो नहर सन् १९०४देखि अहिलेसम्म अमेरिकाकै नियन्त्रणमा छ ।

बेलायतविरुद्ध जर्मनको हमला
सन् १९४० मा आजकै दिन जर्मनले बेलायतविरुद्ध आक्रमण गरेको थियो । ५७ दिनसम्म जर्मनको लडाकू विमान लुफ्तवाफेबाट लन्डनमा बम वर्षा भएको थियो । हमलामा २० हजार बेलायतीको मृत्यु हुनुका साथै १० लाख घरमा क्षति भएको थियो ।

तासमानियन बाघ लोप
तासमानियाली प्रजातीको अन्तिम बाघ अस्ट्रेलियाको तास्मानियामा सन् १९३६ मा मृत्यु भएको थियो । थायलासिन प्रजातिको बेन्जामिन नाम दिइएको सो बाघको मृत्यु लापरवाहीका कारण भएको जनाइएको छ । थाइलासाइन प्रजातिका बाघ सुरुमा अस्ट्रेलिया र गिनीमा पहिलो पटक देखिएका थिए । बाघ लोप हुनुमा बढ्दो अबैध शिकार प्रमुख कारण मानिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : १५ बजे