सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सेयरबजारमा ‘पहिरो’

काठमाडौं – सेयर बजार परिसूचक नेप्से आज (आइतबार) १०८.२६ अंकले घटेर २८१८.२६ विन्दुमा आइपुगेको छ।

नेप्से आज ५.०३ प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेर बजार ४० मिनेट बन्द भएको थियो।  दिउसो १ बजेर ४१ मिनेटमा कारोबार सुचारु भएपछि बजार उकालो लागेर अन्तमा पुनःओरालो लाग्दै बन्द भएको थियो। सेयरबजारमा आज भएको गिरावट इतिहासकै दोस्रो ठूलो गिरावट हो।

सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्दै विज्ञप्ति samet निकालेका थिए। 

आज नेप्सेमा २१५  कम्पनीको ११ अर्ब २४ करोड रुपैयाँ कारोबार भएको छ जसमा बैंकिङ समूह ४४.५१ अंकले, निर्जीवन बिमा समूह ५१९.४६ अंकले, जीवन बिमा समूह ५११.७८ अंकले, जलविद्युत् समूह भने २१६.९५ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज भएको कारोबारमा अधिकांस समूहहरु  नकारात्मक रहेपनि सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त, गुडविल फाइनान्स लगायत केही कम्पनीहरुको  सेयर मूल्य उकालो लागेको थियो।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ४ : ३४ बजे