‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अटोमेटिक पेस्तोल र गोली सहित पक्राउ

दाङ – घोराही उपमहानगरपालिका-१३ वडरा बस्ने २५ वर्षीय ईन्द्र कमल वुढामगरलाई म्याग्जिन लोड भएको अटोमेटिक पेस्तोल १ थान र १ राउण्ड गोली सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध हातहतियार पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको घरमा पार्किङ गरी राखेको रा.५ प ८७६२ नम्बरको स्कुटर मुनि प्लाष्टिकमा लुकाई राखेको उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : ४२ बजे