सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

शेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट

काठमाडौं – नेपाल राष्ट्र बैंकले शेयर कर्जामा कडाई गरेपछि  सेयर बजार परिसूचक नेप्सेमा ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नकारात्मक सर्किटब्रेक लागेको छ । हाल नेप्सेको कारोबार ४० मिनेटका लागि स्थगित भएको छ ।

११ बजे देखी सुरु भएको शेयर कारोबारमा २ घण्टाको अवधिमा नेप्से १४७.३१ अंकले घटेर २७७९ अंकमा झरेको छ । शेयर बजारमा यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो।  यसअघि शेयर बजारमा १२३ अंकको गिरावट आएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १ : ३२ बजे