सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतीय प्रधानमन्त्रीविरुद्ध नाराबाजी नगर्नू : गृह मन्त्रालय

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएको भन्दै गृहमन्त्रालयले आपत्ति जनाएको छ ।

नेपाली आकाशमा अनधिकृत रुपमा भारतले हेलिकप्टर उडान गरेको र दार्चुला तुइन प्रकरणमा नेपाली नागरिक जय सिंह धामीको मृत्यु भएको घटनामा सरकार चुप लागेर बसेको भन्दै नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला शुक्रबार दहन गरेका थिए । 

मन्त्रालयले विज्ञप्ति मार्फत – 'छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी,जुलुस प्रदर्शन र पुत्ला दहन गर्ने गतिविधिप्रति ध्यानाकर्षण भएको छ र यस्ता उच्छृङ्गल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ । ' मन्त्रालयले मित्रराष्ट्रहरु विरुद्ध हुने गतिविधि गर्नेलाई कारबाहीगर्ने चेतावनी दिएको छ । ​​​​​​​

 

 

​​​​​​​

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १ : ०८ बजे