सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गभर्नरको राजीनामा माग गर्दै लगानीकर्ताद्वारा राष्ट्र बैंक घेराउ

काठमाडौं –  शेयर बजारमा ठूलो गिरावट आएपछि लगानीकर्ता नेपाल राष्ट्र बैंक घेर्न पुगेका छन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा शेयर कर्जामा क्याप लगाइदिएपछि शेयर बजारमा ठूलो गिरावट आएपछि लगानीकर्ता नेपाल राष्ट्र बैंक घेर्न पुगेका हुन् । 

 राष्ट्र बैंकले शेयर कर्जामा कडाई गर्दै एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र  सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यबस्थाले गर्दा गत सातादेखी शेयरबजारमा व्यापक गिरावट आएको छ । आफुहरुको लगानी जोखिममा पारेको भन्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन्  ।  

 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १२ : ५१ बजे