सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट प्रधानन्यायाधीशकै इजलासमा 

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाका सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभाका सभामुखविरुद्ध दायर गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट माधवकुमार नेपालसहित १४ सांसदलाई समेत विपक्षी बनाएको मुद्दा आज प्रधानन्यायाधीशको इजलासमा परेको हो । यसअघि, न्यायाधीश मीरा खड्काको इजालासमा परेकोमा इजलास बस्न नसकेर रोकिएको थियो ।

एमाले अध्यक्ष ओलीका तर्फबाट सर्वोच्च अदालतमा परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरिसकेका व्यक्तिको कारबाही कार्यान्वयन नगरेको भन्दै उनलाई विपक्षी बनाइएको छ । यस्तै, निर्वाचन आयोगले एमालेले कारबाही गरिसकेका सांसद तथा केन्द्रीय सदस्यहरुलाई सनाखत गराएर कानुनविपरीत नेकपा (एकीकृत समाजवादी) लाई मान्यता दिएको भन्दै विपक्षी बनाइएको छ । लुम्बिनी प्रदेशसभाले एमालेले गरेको कारबाही सिफारिस कार्यान्वयन अस्वीकार गरेको भन्दै त्यसको कार्यान्वयन माग गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १२ : १८ बजे