साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चित्र बहादुर केसीको भद्दा चलचित्र    

पूर्व प्रधानमन्त्री ओलीलाई प्रतिगामी भन्ने चित्रबहादुर केसी परमादेशबाट निर्मित टिके  सरकारलाई अग्रगामी भन्दा रहेछन् । संयुक्त गठबन्धनको देउपा सरकारले ल्याएको संयुक्त नीति कार्यक्रममा  भारत अतिक्रमित लिपुलेक र कालापानी विषयलाई समस्या भन्दा अग्रगामी हु्ने तर ओली सरकारले समाधानका लागि गम्भीर पहल गर्दा ओली  प्रतिगामी हुने ? अहिले पश्चिमी भूभागमा  र अझ नेपाली सेनाको व्यारेक क्षेत्रमाथि  भारतीय सैनिक हेलिकप्टर  बारबार चक्कर काट्दा सरकार चुप्प लाग्नु केसीका नजरमा अग्रगामी कृत्य हो ? यस्ता संवेदनशील विषयमा चुइक्क नबोल्ने केसी  अग्रगामी कि ? विराटनगरमा बसोैँदेखि अड्डा जमाएर बसेको भारतीय सैन्य अखडा हटाउने ओली प्रतिगामी ? भारतीय चरम हेलाहोचो लुरुक्क परेर सहने अग्रगामी कि भारतीय शीर्षकको चरम हेपाहा नीतिको ढटेर विरोध गर्ने र तिनलाई तह लगाउने ओली प्रतिगामी ? सत्यमेव जयतेको आवरणमा सिंहमेव जयतेको हुङ्कार गर्ने शाषकलाई ठेगान लगाउने ओली दक्षिणपन्थी ? अनि तिनका अगाडि लम्पसार पर्ने केसी प्रवृत्ति चाहिँ राष्ट्रवादी ?  

संविधानतः प्रतिनिधि सभाको विघटन र वाध्यताबस लोकतन्त्र बचाउन  मध्यावधि निर्वाचनको घोषणा गर्नुलाई राष्ट्रिय जनमोर्चा उर्फ नेकपा मसालका नेता चित्रबहादुर केसीले हचुवाका अहिले पनि प्रतिगमन भनिरहेका छन् । यो प्रतिगमन हो भने केसी पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान र लोकतन्त्र विरोधी कामलाई केसी के भन्छन् ? के त्यस्तै प्रतिगामी कदम ओलीले चाल्नु भएको हो  ? 

केसीको नजरमा परमादेशबाट प्रधानमन्त्री नियुक्त हुनु अग्रगमन हो ? जनादेश प्रतिगमन परमादेश अग्रगमान ? राष्ट्रपतिलाई  संविधानले प्रदान गरेको एउटैमात्र   स्वविवेकीय अधिकारलाई असंवैधानिक रुपबाट सर्वोच्च अदालतले बलात् खोस्नु अग्रगमन हो ? विशेष अवस्थामा जुनसुकै देशमा राष्ट्राध्यक्षलाई स्वविवेकीय अधिकार दिइएको हुन्छ र यस्ता विपषयमा संविधान अनुसार कहीँ उजुरबाजुर गर्न पाइन्न र अन्यथा गर्न पनि पाइन्न । देउपा र ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीका लागि सभासद्को हस्ताक्षर सहितको लिखित दावा पत्रमा दोहोरो नाम परेकाले राष्ट्रपतिले स्वविवेकीय अधिकार प्रयोग गरेको थाहा छैन केसीलाई । यस विषयमा पनि गोलमटोल कुरा गर्दै राष्ट्रपतिलाई नै आक्षेप लगाउने काम र कर्म अग्रगमन हो ? 

यत्ति सामान्य कुरा कमरेड चित्रबहादुरलाई थाहा छैन ? छैन भने थाहा होस् । यस्ता संवैधानिक  विषयमा व्यक्तिगत, पार्टीगत र अनेक क्रित्रिम आग्रह र द्ुराग्रह राखेर आक्षेप गर्नु अग्रगमन हो ? यस्ता संवेदनशील विषयलाई मनोगत तरिकाले  गैरसंवैधानिक अपव्याख्या गर्नु  अग्रगमन हो ? केसीहरु त राष्ट्रपति र पूर्व प्रधानमन्त्री ओलीले सहमति गरेर अन्यथा गरेको पनि भन्दा रहेछन् । संविधानतःगरिएको कामहरूलाई सहमति जस्तो अत्यन्त स्तरहीन र तुच्छ तरिकाले बोल्न कसरी सुहाएको केसीलाई । केसी त ओलीलाई अनेक फतुर आरोप लगाउँदा रहेछन् तर आदरणीय नेता नारायणमान  बिजुक्छेले केसी सहितको गठबन्धन दल र सरकार बाह्य लगानी र इसारामा बनेको  कन्फर्टेवल सरकार भन्नुहुन्छ । यसमा केसी मौन छन् किन ?  माक्र्सवादको सुरक्षाका लागि चारतारे झण्डा बोक्ने केसीका विचार र आचरणले कम्युनिस्टको बदनाम गरिरहेको देखिन्छ ।  परमादेश मार्फत् बहुदलीय लोकतान्त्रिक अभ्यालाई निमोठेर निर्दलीय अभ्यासतिर उन्मुख गराउनु अग्रगमन हो ? यही संसद्मा कुनै पार्टीलाई पार्टीको ह्वीप वा निर्देशन वा अनु्शासन लाग्ने कुनैलाई नलाग्ने गाइजात्रा चाहिँ अग्रगमन हुन्छ केसी जी  । सरकार परिवर्तन भएको भोलिपल्टै १ वर्षदेखि गुफामा लुकेका नेता फुत्त बाहिर प्रकट हुनु अग्रगमन ? १ महिना भन्दा बढी समय बिते पनि सरकारले पूर्णता  नपाउनु केसीका नजरमा अग्रगमन ? सुकुम्बासी जनतालाई बस्ने  बासको बन्दबस्त गर्ने सुकुम्बासी समस्या समाधान आयोग नै विघटन गर्नु  केसीको मान्यतामा अग्रगमन ? 

भारतीय एसएसपीबाट तुइन खुस्काइदिएर महाकाली नदीमा मारिएका जयसिंह धामी बारे सही सत्य तथ्य कुरा बाहिर ल्याउने हति नभएको सरकार अग्रगामी ? यस विषयमा  भारतीय शाषकसित वार्ता सम्म गर्ने लुर नभएको सरकार  अग्रगामी ?

जे बोल्दा पनि हुन्छ केसी कमरेड ? कान्छी भाउजूलाई ओली सरकारले मन्त्री नबनाउँदा प्रतिगमन ? भाउजु मन्त्री भए अग्रगमन? कम्युनिस्टको नाममा र निहुँमा एउटा इमान्दारिताको सिउर पहिरेका चित्रबहादुरका भद्दा चलचित्र हेरेर जनता दिक्क मानिरहेका छन्  । जनवाद र जनतन्त्रको रटान गर्ने केसी परमादेश वा टिके प्रधानमन्त्रीका दरिला आधार बन्छन् यस्तै चाला हो भने निर्देशित लोकतन्त्रका भरिया हुने प्रबल सम्भावना देखिन्छ । न हाँसको चाल नकुखुराको चाल भनेझैँ चित्रबहादुरको चिन्तन चलचित्र अजीव देखिन्छ । माक्र्सवादको बखान गरेर कहिल्र्यै नथाक्ने चित्रबहादुर एक मन्त्रीका लागि सिङ्गो पार्टीलाई जुवाको खालमा च्याँखे थाप्दा रहेछन् । 

कार्लमाक्र्सले श्रमिक जनताको मृक्ति उनीहरु आफैँले जितेर लिनुपर्छ भन्नुभयो । यसको गूढार्थ आम श्रमजीवी जनता माक्र्सवादका न्यूनतम आधारभूत सैद्धान्तिक र वैचारिक रुपमा सचेत,संगठित भएर आफ्नो मुक्तिका लागि आफैँ स्वैच्छिक रुपमा सहभागी भएर विजय हासिल गर्नुपर्छ  भन्ने हो । यस्तो आन्दोलन र संघर्षलाई तलको संघर्ष भनिन्छ । तर यस विपरीत माथिबाट वा पार्टीका केही नेताको ठाडो दवाव,आदेशबाट थोपर्ने  संघर्ष वा आन्दोलन गर्ने केसी प्रवृत्ति माक्र्सवादी ? यही कुरालाई जननेता मदन भण्डारीले हामी (पार्टी र पार्टीका केही उपल्ला तहका नेता) मुक्रिदाता होइनौँ मुक्तिप्राप्त गर्ने जनता हुन् भन्नु भएको छ । त्यसैले बल पूर्वक स्थापना गरिएको समाजवाद टिकाउ हुँदैन भन्नु भयो । यो निष्कर्ष विश्व कम्युनिस्ट आन्दोलनको अध्ययनको निचोड हो । 

कार्लमाक्र्स र माओले नै पनि समाज परिवर्तनमा सशस्त्र संघर्षलाई नै सर्वोपरि विषय बनाउनु भएको छैन । अझ उहाँहरुले त सकेसम्म क्षतिबिना र कम क्षतिमा समाज परिवर्तन गर्न चाहनु  भएको देखिन्छ । तर ठाउँ न ठहर …भनेझैँ जहिले तहिले हततियारको धम्की दिने कम्युनिस्ट  ? 

दश बिस वर्ष पछिको भविष्यसम्म नदेख्ने कम्युनिस्ट ? पुष्पलाल सँगै कम्युनिष्ट आन्दोलनमा लागेका भन्नेहरु बेलैमा पुष्पलाल नचिन्नेहरु पनि कम्युनिस्ट देखिन्छन् । यस्ते चाला हो भने यिनले जननेता मदन भण्डारी र जबजलाई चिन्न अरु धेरै समय लाग्छ । घुच्चुकमा बुद्धि हुने केसीहरु ओलीलाई अहिले अनेक आग्रहका कारण बुझ्दैनन् बुझे पनि अहिले बुझ पचाउँछन् ।  यिनको सुझबुझ र बुद्धि हुँदोहो त पुष्पलालको संयुक्त जनआन्दोलनको नीति अनुसार बेलैमा अघि बढ्थे तीस वर्ष देश र जनताले दुःख र सास्ती पाउँदैन थिए । ०४६ सालमा  बहुदलीय प्रजातन्त्रिक शासन व्यवस्थाका लागि  पूर्व माले लगायत पार्टीहरु संघर्षरत रहँदा बाम उग्रवाद बहुदललाई साम्राज्यवादी भन्थ्यो भने प्रजातन्त्रलाई प्रतिक्रियावादी भन्थ्यो । तत्कालीन अवस्थामा  देश र जनताको मुख्य शत्रु बनेको निरङ्कुश राजतन्त्र विरुद्ध  सशक्त आन्दोलनमा मौन समर्थन पनि नगर्ने  बैद्य लगायत बाम उग्रपन्थ मुख्य शत्रुका मौन समर्थनमा थिए  । संविधान निर्माण नहुँदै तत्कालीन मालेको अग्ुवाइमा दरबारले षडयन्त्रपूर्वक ल्याएको पहेँलो संविधान विरुद्ध संघर्ष गर्दा र प्रजातन्त्रको प्राप्ति गर्दा मौन बस्नेहरु त्यही आधारमा टेकेर बन्दुके धम्की दिइरहेको देखिन्छ । 

त्यसबेला बहुदललाई साम्राज्यवादी भन्नेहरु  प्रजातन्त्र वा लोकतन्त्र  प्रजातन्त्रलाई प्रतिक्रियावादी भनेर आरोपित गर्नेहरु  उग्रवादको डन्का पिटिरहेका छन् । एकातिर जतिबेला नेपालमा  पञ्चायत विरोधी बाम मोर्चा बन्दै थियो त्यतिबेला केसी प्रवृत्ति हाँस न कुखुराको चालमा थियो । 

पञ्चायत विरुद्ध एमाले लगायत पार्टीहरु सशक्त  आन्दोलन गरिरहँदा बन्दुकेहरु सडकपेटिमा बसेर रमित हुर्दै थिए  । सिङ्गो देश संसदीय बहुदलीय शासन व्यवस्थाका लागि संघर्ष गर्दै थियो त्यति बेला उग्रवामहरु यही आन्दोलनका विरुद्धमा उग्रवादी अलप विलाप गर्दै थिए  ।   

माक्र्सवादले परिवर्तनका  जेजस्ता नियमहरु उत्खनन गरेर उजागर गरेकोे छ ,त्यस विपरीत जाँदा नोक्सान नै हुन्छ नत्र मसाल जस्तै यथास्थितिमा जकडिन्छ । कार्लमाक्र्सले नै जोरजवर्जस्ती वा माथिबाट लादेका भरमा आन्दोलन अघि बढ्दैन । उहाँका अनुसार मुक्रिकामी जनताको सचेत र संगठित प्रयत्नको महाअभियानबाट समाजमा परिवर्तन हुन्छ । यो परिवर्तनले आजको भोलि गुणात्मक फड्को मार्न सक्तैन । तर मात्रा बिना नै गुणमा फड्को हाल्ने केर्सीमा उग्रवादको धङधङी व्याप्त देखिन्छ । अहिले पनि यो पार्टी बैशाखी छेकेर उभ्भिएको छ । मोहन बिक्रम सिंह मुख लुकाएर बसेका छन् । हुनत उनमा धेरै चारित्रिक विचलन रहेर कार्यवाही भोगेको जगजाहेर भएकै विषय हो । जतिसुकै जननेता मदन भण्डारी र जबजको उग्र अराजक र अद्वन्द्ववादी विरोध गरे पनि त्यही आधारमा टेकेर खुल्ला राजनीति गर्न पाएको केसी कम्पनी स्वीकार्दैन  तर पुष्पलाललाई गद्दार भन्नेहरुलाई इतिहास र वास्तविकताले घोक्¥याएर आफ्ना उग्रअराजक बोली सच्याउन बाध्य पारेको जीवित अवस्था छ । प्रकृति संगत चल्नु माक्र्सवाद हो । वैज्ञानिकहरुले  बसौँको जीवन जगत्को उत्पत्ति, विकास र समृद्धि सम्बन्धी  खोजबाट प्रमाणित तथ्य र सत्यका आधारभूमिमा माक्र्सवादको जग हालिएको हो । 

त्यसैले माक्र्सवादले जसकसैका पनि  जे जति सकार छन् तिनलाई स्वीकार्ने कुरा ठान्छ । तर कम्युनिस्ट नामको केसी कम्पनी कम्युनिस्ट पार्टीकै  सरकारका विरुद्ध शत्रुवत् राख्नु पर्ने कारण के हो ? के कम्युनिस्ट ामका यिनमा अतिसामान्य वर्गीय चेत छैन र थिएन । हुन त आफ्नै पार्टीका गण्डकी प्रदेशका एक इमान्दार तथा पार्टी प्रतिबद्ध सांसद् कृष्ण थापालाई बली चढाउने  केसीको कम्युनिस्ट आवरण खुलिसकेको थियो । 

जनवादका नाममा नोरसाही जनवाद लादेर नेताका पत्नीलाई माननीय र मन्त्री बनाउन हत्ते हाल्ने कम्युनिस्ट कम्पनी जनताका बीच  उदाङ्गै भएको छ । अनि माक्र्सवाद बचाउन चारतारे झण्डा बोक्ने केसी जस्ता पात्रहरुका भद्दा चलचित्र  अब धेर भयो ।  अझै नाङ्गिन बाँकी छ भने के भन्नु छ र ?

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १२ : ०४ बजे