ओलीले  शिलान्यास गरेका २ हजार बढी सडकको ठेक्का रोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेका झण्डै २ हजारभन्दा बढी सडक आयोजनाको नयाँ ठेक्का लगाउन रोक लगाएको छ ।

केपी शर्मा ओलीले २१ चैत २०७७ मा निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममार्फत एकैपटक १६५ वटा संघीय निर्वाचन क्षेत्रमा तीन वर्षभित्र सडकहरू बनाउन बालुवाटारमा स्वीच थिचेर शिलान्यास गर्नुभएको थियो ।

ओलीले यी सडक तीन वर्षभित्र निर्माण गर्ने भनदै शिल्यान्याश गनुृभएको थियो । ‘आर्थिक वर्ष २०८०/८१ सालभित्र सकिने गरी काम सुरु भइसकेकोमा वर्तमान देउवा सरकारले सबै सडकको ठेक्का रोक्ने निर्णय गरेको हो । 
निर्माण गर्न लागिएको सडक अन्तरजिल्ला, सदरमुकाम र राजमार्गसँग जोडिने भएकाले रणनीतिक महत्त्व राख्ने सडक थिए  । 
राष्ट्रिय सडक सञ्जालमा २ हजार २ सय १० किमि थप दुई लेनको कालोपत्र तीन वर्षभित्र थप्ने योजनाका साथ अघि बढाइएका कामहरु भटाभट रोकेर देउवा सरकार विकास विरोधी हुँदै छ ।

ओली सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण कार्यक्रमअनुसार एक निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा ६० करोड र एक निर्वाचन क्षेत्र भएका पहाडी जिल्लामा ५० करोड रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गर्दै उक्त सडकहरु शिल्यान्याश गरेको थियो ।  त्यस्तै दुई निर्वाचन क्षेत्र भएका २१ जिल्लामा प्रतिनिर्वाचन क्षेत्र ४० करोड रुपैयाँ, तीन निर्वाचन क्षेत्र वा बढी भएका २० जिल्लामा प्रतिनिर्वाचन क्षेत्र २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय सहित उक्त सडकहरु शिल्यान्याश गरिएको थियो । 

काठमाडौंमा भने प्रतिनिर्वाचन क्षेत्र २० करोड रुपैयाँ उपलब्ध हुने जनाइएको थियो । यसरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा २ हजार २ सय १० किमि सडक कालोपत्र स्तरको बनाउन ५७ अर्ब १० करोड रुपैयाँ लागत लाग्ने अनुमान थियो।

 

 सडक निर्माणलाई रोक्ने सरकारको निर्णयको व्यापक विरोध सुरु भएको छ । 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : ३३ बजे