साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन  

​​​​​​​सुनसरी. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ । 

प्रतिष्ठानका सबै पदाधिकारीहरु आर्थिक अनियमितिाका घटनामा संलग्न भएको पाइएपछि १७ भदौमा मन्त्रालयले पत्राचार गरेर अनिवार्य बाहेकका आर्थिक कारोबार बन्द गर्न प्रतिष्ठानलाई लिखित निर्देशन दिएको छ । 

प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं आर्थिक अनियमितिा गरेको छानविन समितिले जनाएपछि  स्वास्थ्य मन्त्रालयले पत्र काटेर प्रतिष्ठानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको हो ।

 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ४ : २५ बजे