साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रतिसेकेन्ड सात जनामा देखिँदै छ अल्जाइमर्स 

काठमाडौँ । ठीक पार्न नसकिने वा ठीक नहुने मस्तिष्कको रोगलाई अल्जाइसर्म भनिन्छ। सामान्य रूपमा भन्ने हो अल्जाइमर्स स्मरण शक्ति तथा मनमस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्या हो ।

स्मरण शक्तिसँग सम्बन्धित विभिन्न समस्यामध्ये  अस्पतालमा आएर जँचाइएका मध्ये अल्जाइमर्स ६० देखि ८० प्रतिशत मानिसमा देखा पर्ने गरेको छ ।  । 

वंशाणुगत गुण पौष्टिक आहारको कमी वातावरणीय तत्त्वका कारण, अस्वस्थ व्यवहारको कारणले यो रोग लाग्ने गर्दछ । विश्वमा प्रतिसेकेण्ड सात जना व्यक्तिमा अल्जाइमर हुने गरेको पुष्टि भएको छ । अल्जाइमर्स यस्तो रोग हो, जसलाई रोकथाम गर्न पनि सकिँदैन र पूर्ण रूपमा निको पार्न पनि सकिँदैन ।

काठमाडौँ मेडिकल कलेजका मानसिक रोगका डा.रोबोड सिंह महर्जनका अनुसार ‘मस्तिष्कमा रहेका व्युरोनहरुमा खराब तत्त्वहरूको कारणले करोडौँमा रहेका कोशिकाहरू सुक्दै वा मर्दै जाने हुन्छ । त्यसपछि व्यक्तिमा अल्जाइमर्स डिमेनसिया भन्ने रोग देखा पर्दछ ।’

डा. महर्जन नेपालको कुल जनसङ्ख्या मध्ये नौ प्रतिशत साठ्ठी वर्ष माथिका मानिसहरूमा यो रोग लाग्ने गरेको बताउनुहुन्छ ।  

अल्जाइमर्स र डिमेन्सिया एउटै रोग भने हैन । अल्जाइमर्सका कारणले  डिमेन्सिया हुने हुँदा यसलाई अल्जाइमर्स  डिमेन्सिया भनिएको हो । यी रोगको पहिचान गरेर उपचार गरेमा न्यूनीकरण गर्न नसकिएपनि थप अवस्था बिग्रन नदिन र यसलाई नियन्त्रण गर्न सकिने डा. महर्जन बताउनु हुन्छ ।

यो भुल्ने बिमारी त हो तरपनि  एक ठाउँमा राखेको किताब अर्को ठाउँमा खोज्ने वा लगाएका कुनै लुगा नै भुल्ने खालको समस्यालाई अल्जाइमर्स र  डिमेन्सिया भएको मानिँदैन । यो त लामो समयको अन्तरालमा हुने जस्तो कि, व्यक्तिले जीवन यापन गर्न नसक्ने, आफ्नै बुढा वा बुढी भुल्ने, छोरा छोरी भुल्ने, एउटै व्यक्तिको नाम पटक पटक सोधी रहने, अफिस गएको छ भने घरको बाटो भुल्ने, घरमै छ भने आफू सुत्ने कोठा भुल्ने, पहिला गरेका कामहरू क्रमिक रूपमा भुल्दै जानु नै अल्जाइमर्स र डिमेनसियाका लक्षणहरू हुन् । पहिला ड्राइभिङ सिकेको छ भने पछि गएर बिर्सनु, आफ्नो स्वास्थ्यको हेरचाह नगर्नु, र सही कुरा सिक्न नसक्नु र सिकेका कुरालाई दिमागमा राख्न नसक्नु नै यसका प्रमुख लक्षणहरू रहेको डा. महर्जनले चक्रपथलाई जानकारी दिनुभयो । 

रोगको उपचार गरेर बिरामीलाई सुरुको अवस्थामा ल्याउन नसकिने भए पनि सही उपचार, नियमित औषधिको प्रयोग, पौष्टिक आहार, शारीरिक व्यायाम, माया, दया, करुणा, हेरचाह, खानपिनमा ध्यान दिएमा नियन्त्रण भने गर्न सकिने उहाँ बताउनुहुन्छ । 

सिटी स्क्यान, एम आर पी र पी ई टी जस्ता कुराको चेकजाँच भने कतै अन्य रोगको कारणले त अल्जाइमर रोग लागेको हैन भनी पत्ता लगाउनका लागि गरिने प्रक्रिया  भएको डा. महर्जनले स्पष्ट पार्नु भयो ।

अल्जाइमर्स वा  डिमेन्सिया बालबालिकाहरूमा लाग्ने वा नलाग्ने तथ्याङ्क भने

खोजिएकै विषय रहेको डा. महर्जन बताउनुहुन्छ । युवाहरूलाई भने टेन्सन, डिप्रेसन जस्ता कारणले केही प्रतिशत अल्जाइमर्सको शिकार हुनसक्ने सम्भावना रहेको डा. महर्जन बताउनु हुन्छ । 

विशेष गरी यो रोग साठ्ठी वर्ष माथिको सबैलाई लाग्छ भनेर भन्न पनि नमिल्ने डा. महर्जन बताउनुहुन्छ ।  यो रोग नलागेका  कतिपय व्यक्तिको स्मरण शक्ति चौरासी, पचासी वर्षमा पनि एकदमै राम्रो रहने उहाँले बताउनुभयो ।  

नेपाल सरकारले आर्थिक हिसाबले कमजोर भएकाहरूलाई यो रोग लागेकामा एक लाख रुपैयाँ आर्थिक सहायता गर्ने गरेको डा. महर्जन बताउनु हुन्छ । 

डा.महर्जनले अल्जाइमर्स र डिमेन्सियाका लक्षण देख्न साथ डाक्टरको परामर्श लिन आग्रह गर्नु भयो ।  थप जानकारीका लागि अल्जाइमर्स एसोसिएसन, २४ घण्टा हेल्पलाइन ८००२७२—३९००, www.alz.org र अल्जाइमर्स फाउन्डेसन अफ अमेरिकाको हेल्पलाइन ८६६,२३२,८४८४, www.alzfdn.org को सहयोग लिनुहुन उहाँले अपिल गर्नुभयो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : १७ बजे