सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सेयर धितो कर्जाको सीमा खारेज गर्न माग

काठमाडौं – नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकबाट गरिएको सेयर धितो कर्जासम्बन्धी विभेदकारी तथा अव्यावहारिक नीतिलाई तत्काल खारेज गर्न माग गरेको छ । फोरमले सेयर धितो कर्जाका कारण सेयर बजारमा लगातार गिरावट आएको भन्दै धितोकर्जामा भएको १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको  हो । 

चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जा एक व्यक्ति वा एक संस्थाले बढीमा १२ करोडसम्म लिन सक्ने व्यवस्था गरेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुले कोर क्यापिटलको ४० प्रतिशत मात्र सेयर धितो कर्जा प्रवाह गर्न पाउँछन् जुन ऋण लगानीको २ दशमलव ५ प्रतिशत मात्र हो ।

यसरी सीमा तोक्दा ऋण सुविधा लिन लगानीकर्ताहरुलाई सास्ती परेको फोरमले जनाएको छ । लगानीकर्ताले ऋण लिन तीनवटा बैंक तथा वित्तीय संस्था धाउनुपर्ने भएकाले यो निकै झन्झटिलो भएको फोरमको भनाइ छ । 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १ : २५ बजे