विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अमेरिकामा आँधी, बाढी स् एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको न्युयोर्कमा आँधीपछिको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको बाढीमा परी मृत्यु भएको हो ।

न्युयोर्कको उडसाइडस्थित घरको वेसमेन्टमा बस्दै आएका उनीहरुको बेसमेन्टमा पानी भरिएर मृत्यु भएको हो । सुतेको बेला डुबेर मृत्यु भएका उनीहरुको शव सुरक्षाकर्मीले बाहिर निकालेका थिए । उनीहरु १४ वर्षदेखि न्युयोर्कमा बस्दै आएको बताइएको छ । न्युयोर्कमा परेको अविरल वर्षाका कारण आएको बाढीले दुई दर्जन बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : ३२ बजे