बाढीबाट १ करोड २५ हजार रुपैयाँ बराबरको माछाहरु नष्ट

कास्की – माछापुछ्रे गाउँपालिका-९ आढिपुरुङ बस्ने महेन्द्र गुरुङको देवाङसिङं अर्गानिक कृषि फर्ममा गएराति अविरल वर्षाको कारण आएको बाढी पस्न जाँदा करिब १ करोड २५ हजार रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।

सोही ठाउँस्थित उक्त फर्मको २२ वटा पोखरीमा पालिएका रेन्वो ट्राउट प्रजातीका करिब ६८ हजार भुरा माछाहरु बाढीले नष्ट हुँदा उक्त क्षति भएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : ०४ बजे