माथिल्लो मनाङमा हिमपात

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्‍ने कि नबस्‍ने भन्‍ने मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै नेतृत्वमा संवैधानिक इजलास बस्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि बिहीबार सुनुवाइ हुँदैछ । रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

अधिवक्ता डा.गणेश रेग्मीले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने दायित्व भन्दै बुधबार रिट निवेदन दर्ता गराएका हुन् । संवैधानिक परिषद्को सदस्यसमेत रहेका प्रधानन्यायाधीशलाई परिषद्सँग जोडिएका मुद्दा नहेर्न कानुन व्यवसायीले माग गरेपछि बिदामा बस्ने बताएका थिए । 
 

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १ : ३९ बजे