देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाडौं, १७ भदौ । बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातबाट निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।  भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।  सिद्धार्थ ‘बीग बोसल १३’को विजेता समेत बनेका थिए । टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट पहिचान बनाएका उनले २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ बाट बलिउडमा डेब्यू गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १२ : ५२ बजे