‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गोरु काट्ने ५ जना पक्राउ

काठमाडौं – शंखरापुर नगरपालिका-३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा सोही नगरपालिका- ३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १२ : १६ बजे