‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भन्सार छलि ल्याउँदै गरेको औषधी सहित विभिन्न सामान बरामद

बारा – भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब १६ लाख ६ हजार ७ सय ५३ रुपैयाँ बराबरको औषधी, मल, खसी लगायतका मालसामान तथा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

उक्त सामान भन्सार छलि ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ६ : १२ बजे