विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

स्वरोजगार कोषले उदयपुरमा ३ हजार युवालाई बनायो स्वरोजगार

काठमाडौं । युबा तथा साना व्यवसायी स्वरोजगार कोषले उदयपुरमा ३ हजार युवालाई स्वरोजगार बनाएको छ ।‘युवामा लगानी, समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाइ आत्मसात गर्दै युवाहरुलाइ स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्वेश्य अन्र्तगत कोषले विभिन्न क्षेत्रमा लगानी गरेको हो । युबा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देबराज रोका (कल्याण)  ले आफै उदयपुरका जिल्ला जिल्ला, गाउँ गाउँमा पुगेर पहिलो चरणमा ३५ वटा सहकारीमार्फत कर्जा उपलब्ध गराउनुभएको हो ।

उहाँले उदयपुरको थारु बस्ती, दनूवार बस्ती लगायत पिछडीएको क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि, पशुपालन, उद्योग लगायतको क्षेत्रमा लगानी गरेको बताउनुभयो । चौदण्डी, बेलका, जोगीदह, नेपालटार, हडिया लगायतको क्षेत्रमा कोषको सहयोगमा सस्तो व्याजको कर्जा उपलब्ध हुँदा युवाहरु उत्साहीत भएको रोकाले बताउनुभयो । युवा तथा साना व्यवशायी स्वरोजगार कोषले मुलुकका ७५ जिल्लामा व्यावसायीक कर्जा लगानी गरेको छ । कोषले हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा बेरोजगार यूवालाई स्वरोजगार बनाउने उदेश्यले कर्जा लगानी गरिरहेको छ। कोरोना महामारीका बेला समेत कोषले कर्जा लगानी, अनुगमन लगायतका कामलाई तिब्रता दिएको उपाध्यक्ष रोकाको भनाइ छ । 

​​​​​​​


 

 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : ४२ बजे