माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

थप २ हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि, २० को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १४ हजार ९३५ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप ३ हजार ३० जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३४ हजार १८९ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २० जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल १० हजार ७७०  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : ३२ बजे