सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं उपत्यकाको निषेधाज्ञा हटयो, के के खुल्यो ? (सूचीसहित)

​​​​​​​काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा हटेको छ। आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । 

 ‘ पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेका हौँ । विद्यालय सञ्चालनको हकमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउँनेछन,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभयो ।

त्यस्तै, पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल पनि खुलाउन अनुमति दिइएको पराजुलीले बताउनुभयो ।​​​​​​​
यस्ता छन निर्णय

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ३ : ०९ बजे