माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

अग्नि सापकोटाको मुद्दा आज पनि हेर्न नमिल्ने 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोयगसम्बन्धी द्वन्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ । पटक –पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा  संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानून व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले हेर्न नमिल्नेमा परेको हो । सापकोटाको मुद्दा १० वर्षदेखि अदालतमा विचाराधीन छ ।

काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै पत्नी पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा दायर गरेकी थिइन् । द्वन्द्वकालीन घटना भएकाले यो मुद्दालाई सुशीला कार्कीको पालामा संवैधानिक इजलासमा पठाइएको थियो । संवैधानिक इजलासमा सापकोटा विरुद्ध तीन वटा मुद्दा छन्।

 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १२ : ४७ बजे