‘एउटै नाउरको सिकार गर्न २३ लाख’

विप्लवका दाजु थुनामुक्त

चितवन – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर  थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत नवलपरासीको आदेशमा उहाँलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

उहाँलाई आज नै जिल्ला अदालत पश्चिम नवलपरासीसमक्ष बुझाइएको थियो । “हाम्रा साथीले उहाँलाई नवलपरासी (सुस्ता पश्चिम)रासस को अदालतमा छाडेर आउनुभयो, त्यहाँबाट उहाँ रिहा हुनुभयो”, काफ्लेले भन्नुभयो ।

पहिला रु २५ हजार धरौटी बुझाएर छुट्न नमानेकामा अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख काफ्लेले बताउनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उहाँलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो । अघिल्लो पटक कोभिड भई कमजोर बन्नुभएका  उहाँलाई घाँटी र पेटमा समस्या देखिएको थियो । 
 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ५७ बजे