सुनको मूल्यमा नयाँ कीर्तिमान

सभामुख सापकोटा विरुद्धको मुद्दा संवैधानिक इजलासमा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज फेरि चढेको छ ।

पटक –पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि पेसी चढेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा २०६८ सालमा मुद्दा परेको थियो ।

अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेल लगायतले २०६८ असार ६ गते दर्ता गर्नुभएको थियो  ।

उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। 

संवैधानिक इजलासमा सापकोटा विरुद्ध तीन वटा मुद्दा छन्।

 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ११ : १५ बजे