माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु, तीन जना घाइते

अर्घाखाँची । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र  अन्य तीन जना घाइते भएका थिए ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य  रहेको जनाइको छ । रासस
 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ८ : ४४ बजे