सुनको मूल्यमा नयाँ कीर्तिमान

दार्चुला घटनाको प्रतिवेदन बुझाइयो, भारतीय एसएसबीको संलग्नता रहेको निष्कर्ष

काठमाडौं । दार्चुलाको महाकाली नदीमा बेपत्ता जयसिंह धामीको घटना बारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ।महाकाली नदी तर्दा एसएसबीले तुइन खुस्काएदिएपछि ३३ वर्षीय जयसिंह धामी साउन १५ देखि बेपत्ता छन्। उक्त घटनाको छानबिन गर्न साउन १७ गते गौतमको संयोजकत्वमा समिति बनाइएको थियो। छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको छ । घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् । यस सम्बन्धी संक्षिप्त जानकारीसहितको विवरण गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तीमार्फत जानकारी गराएका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : ०८ बजे