‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

फलफुल बजारबाट अवैध हुण्डी कारोबार, २ जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका-३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफुल व्यवसाय गर्ने ३४ वर्षीय मिन प्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् । मिन प्रसादले हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमेशले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ५ : ३७ बजे