साफ यू–१७ च्याम्पियनसिप आजदेखि

धौलागिरि हिमालमा भेटियो १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर

काठमाडौं ।  धौलागिरि हिमालमा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर भेटिएको छ।  हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र  दुई वटा शव  पारेको हो। 

नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर फेला परेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको जनाएको छ ।

सेनाको टोलीले  बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव फेला पारेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताउनुभयो । 

हेलिकप्टरभन्दा केही समय टाढा शव फेला परेको र ती शवको पहिचान नभएको पौडेलले बताउनुभयो ।‘ती शव हेलिकप्टरमा सवार व्यक्तिको हो वा हैन भन्ने  खुलेको छैन ।  

बेस क्याम्पदेखि दुई सय मिटर दक्षिणमा शव फैला परेको सेनाले जनाएको छ ।  हेलिकप्टरको अवशेष भने बेस क्याम्पबाट एक किलोमिटर टाढा रहेको बताइन्छ । 
 
सेनासहित स्थानीय निकाय, संघसंस्था तथा स्थानीयको समन्वयमा सगरमाथासहित ६ वटा हिमाल सफाइ भइरहेको छ। यसबारे विस्तृत जानकारी आउन बाँकी छ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ५ : ३५ बजे