काठमाडौं। नेपाली कांग्रेसको १४औं महधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम तिव्र भएको भएको छ । अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन् ।
निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन् भने थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नीधिले त नयाँ बानेश्वरमा सम्पर्क कार्यालय नै खोल्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पनि उम्मदेवारी दिने भएका छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका गुरुङले बुधबार औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताए । पार्टीमा युवाको हस्तक्षेप बढाउन पनि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको गुरुङको भनाइ छ ।
प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार २ : ४१ बजे
प्रतिक्रिया