माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

आगलागीमा दम्पतीको निधन

लमजुङ। लमजुङमा आगलागी हुँदा  दम्पतीको निधन भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ सेग्लेमा धन्सारमा बस्दै आएका दम्पतिको निधन भएको प्रहरीले जनाएको छ । राती १ बजेतिर एक्कासि धन्सारमा आगलागी हुदा ५६ बर्षिय धर्मराज भन्डारी र उनको श्रीमती पशुपति भन्डारीको निधन भएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो । उनिहरुको घटनास्थलमै निधन भएको कर्कीले बताउनुभयो । घरमा राखिएको खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने कार्कीले बताउनुभएको छ । प्रहरीका अनुसार धन्सार पूर्ण रुपमा क्षति भएको छ । घटनास्थलमा प्रहरी खटिएका छन । 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : १३ बजे