मन्त्रालय भागबण्डामा गठबन्धनभित्र किचलो, आजपनि बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय भागबण्डामा किचलो भएपछि दैनिक जसो नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको हिजो दुई पटक बैठक बसेपनि मन्त्रालय भागबण्डामा कुरा नमिलेको स्रोतले बताएको छ ।  सरकारमा जान चाहने सत्तारुढ गठबन्धनभित्र आकाँक्षी बढेपछि मन्त्रिपरिषद बिस्तार हुन नसकेको हो । 

मन्त्रिपरिषद विस्तार र मन्त्रालयहरुको भागबण्डाका लागि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच शनिबार, आइतबार र हिजो सोमबार पनि छलफल भएको थियो। देउवा नेतृत्वको सरकार बनेको ४९ दिन वितिसक्दा पनि नेताहरु ले मन्त्रालय बाँडफाँड मिलाउन नसक्दा तिब्र आलोचना हुन थालेको छ । दैनिक मन्त्रिपरिषद बिस्तारमा छलफल केन्द्रित भएपनि माधव समूहले ८, माओवादीले ८ र उपेन्द्र यादवले ६ मन्त्रालय दाबी गरेका कारण सहमती जुट्न नसकेको हो । कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने बिषयको टुंगो लगाउन आज पनि गठबन्धनको बैठक बस्दै छ । 

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ६ : ४३ बजे