सुनको मूल्यमा नयाँ कीर्तिमान

दार्चुला घटनामा सरकारको अलमल : छानबिन समितिको म्याद सरेको सरर्यौ

काठमाडौँ — सरकारले दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिको चौथोपटक म्याद थप गर्ने तयारी गरेको छ । घटनाको अनुसन्धान र प्रतिवेदन लेखन कार्य पूरा नभएको भन्दै गृह मन्त्रालयले अझै केही दिन म्याद थप गर्ने तयारी गरेको हो । ‘काम सकिएको छैन । त्यसैले छानबिन समितिको म्याद अझै केही दिन थप्ने तयारी छ । प्रतिवेदनको तयारीको काम हुदैछ,’ मन्त्रालय स्रोतले भन्यो ।

गत १५ साउनमा तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तार काटिदिँदा व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए । घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । तर, समयसीमाभित्र समितिले प्रतिवेदन दिन सकेन । त्यसयता सरकारले समितिको म्याद तीन पटक थप गरिसकेको छ । ‘यसअघि थप गरिएको म्याद १६ भदौमा सकिदैँछ । त्यसपछि कति दिन थप गर्ने भन्ने टुंगो लागेको छैन,’ ती अधिकारीले भने । (कान्तिपुर दैनिकमा खबर छ)

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ६ : १५ बजे