‘एउटै नाउरको सिकार गर्न २३ लाख’

चार सांसदको कारबाही अवैध भन्दै निर्वाचन आयोगलाई महन्थ ठाकुरको  पत्र 

काठमाडौं ।  लुम्बिनी प्रदेशका चार सांसद पदमुक्त गर्ने निर्णय विरुद्ध जनता समाजवादी पार्टी ९जसपा० का  अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुग्नुभएको हो  । 

लुम्बिनी प्रदेश सचिवालयले बिहीबार सन्तोष कुमार पाण्डे, विजय वहादर यादव, समन शर्मा रायमाझी र कल्पना पाण्डेय पदमुक्त भएको सुचना टाँस गरेको थियो । लगत्तै अध्यक्ष ठाकुरले केन्द्रबाट कारबाहीको निर्णय नभएको भन्दै सभामुखलाई पत्र पठाउनुभएको थियो  । 

ठाकुरले शुक्रबार आयोगलाई प्रदेश सभा सदस्य र पार्टी सदस्य पदबाट निष्काशन गरेको व्यहोरा अवैध र गैरकानुनी भन्दै प्रक्रिया अघि नबढाउन आग्रह गर्नुृभएको हो ।  

ूउहाँले जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक मिति २०७७(०९(०७ गते पश्चात हालसम्म नबसेको अवस्थामा प्रदेश सभा लुम्बिनी प्रदेशको सचिवालयको सूचना पत्र ४ मा उल्लेखित माननीय सदस्यहरुको प्रदेश सभा सदस्य र पार्टी सदस्य पदबाट निष्काशन गरेको व्यहोरा प्रथम दृष्टीमै अवैध एवं गैर कानूनी रहेकोले सो अबैध एवं गैर कानूनी पत्रलाई आधारमानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारवाही अगाडी नवढाउन अनुरोध गर्नुभएको छ । 

 ‘साथै उक्त गैरकानूनी सूचना पत्र एवं सो संग सम्बन्धित अन्य पत्र एवं निर्णय समेत वदरका लागि यथाशिघ्र आवश्यक कानूनी प्रकृया अगाडी बढाइने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ’पत्रमा भनिएको छ  ।

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : १५ बजे