धरहराबाट उपत्यका नियाल्ने रहर

प्रदेशसभाको निर्णयविरुद्ध जसपाका चार नेता सर्वोच्चमा

दाङ । लुम्बिनी प्रदेश सांसदबाट पदमुक्त गरिएका जनता समाजवादी पार्टी ९जसपा० का चार नेता सर्वोच्च अदालत पुगेका छन् । आफुहरूलाई अवैध तरिकाले पदमुक्त गरिएको भन्दै निर्णय बदर गर्नुपर्ने मागसहित रिट हाल्ने उनीहरु सर्वोच्व गएका हुन्  ।

गैर कानुनी  ढँगले किर्ते काम गरेर आफुहरुलाई संसदबाट हटाइएको र प्रदेश सभाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च गएको नेतृ कप्तान पाण्डेले बताउनुभयो  । 

प्रदेशसभा सचिवालयलाई समेत विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गरिने उहाँले बताउनुभयो । प्रदेशसभा सचिवालयले बिहीबार सूचना टाँस गर्दै जसपाका चार सांसद पदमुक्त भएको जानकारी गराएको थियो । 
जसपाका सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे, सुमन शर्मा रायमाझी र विजय यादवलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको सूचना प्रदेशसभाले टाँसेको थियो ।  जसपा केन्द्रीय अध्यक्ष महन्त ठाकुरले  उक्त निर्णय अवैध भएको बताउँदै प्रदेश सभामा पत्र पठाउनुभएको थियो  । जसपाको कार्यकारिणी समितिको वैठकले उनीहरुको विषयमा कुनै निर्णय नगरेको उनको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ०८ बजे