मन्थली विमानस्थलमा पानी पस्यो

सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, विभिन्न ठाउँमा कटान सुरु

इनरुवा – पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । 
    
    नदीको बहाव बढेसँगै अहिले ब्यारेजका ३८ वटा ढोका खुल्ला गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । चतरामा समेत कोशी नदीको जलस्तर बढेका कारण कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आङ्कलन गरिएको छ ।

    यसैबीच सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेपछि श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान सुरु गरेको छ । नदीमा पानीको बहावमा आएको उतारचढावका कारण उक्त क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । सप्तकोशी नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको उहाँले जानकारी दिनुभयो । 

    गरैया टापुका २० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । स्थानीयवासीलाई सुरक्षित स्थानमा ल्याउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको र उद्धार गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । 

रासस

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ९ : ०९ बजे